दिगो विकासका लक्ष्यहरु सम्झिने सजिलो कथा
"एउटा गाउँमा धेरै गरिबी (१) थियो, जसले गर्दा मानिसहरू भोका (२) थिए। उनीहरूको स्वास्थ्य (३) बिग्रियो, त्यसैले उनीहरूले शिक्षा (४) पाउन सकेनन्। विशेषगरी महिला र पुरुषबीच (५) ठुलो भेदभाव थियो। गाउँलेहरू मिलेर पहिला पानी र सफाइ (६) को व्यवस्था गरे र घरघरमा बिजुली/ऊर्जा (७) बाले।
जब बिजुली आयो, मानिसहरूले काम (८) पाए र गाउँमा उद्योग (९) खुल्यो। यसले गर्दा धनी-गरिबबीचको असमानता (१०) घट्यो र गाउँ एउटा सुन्दर सहर (११) बन्यो। सहर बनेपछि उनीहरूले जे पायो त्यही नखाएर सन्तुलित उपभोग (१२) गर्न थाले। तर बढ्दो उद्योगले जलवायु (१३) बिगार्न थाल्यो, त्यसैले उनीहरूले पानीमुनिका माछा (१४) र जमिनमाथिका जनावर (१५) जोगाउने अभियान चलाए। अन्ततः गाउँमा शान्ति र न्याय (१६) छायो र यो सबै काम सबैको साझेदारी (१७) बाट सफल भयो।"
दिगो विकासका १७ लक्ष्यहरू
१. No Poverty (गरिबीको अन्त्य): केवल गाँस र बास मात्र होइन, व्यक्तिलाई स्वावलम्बी र आत्मसम्मानयुक्त बनाउनु यसको मर्म हो।
२. Zero Hunger (शून्य भोकमरी): भोकमरी अन्त्य गरी खाद्य सुरक्षा र उन्नत पोषण सुनिश्चित गर्दै दिगो कृषिलाई प्रवद्र्धन गर्ने।
३. Good Health and Well-being (सुस्वास्थ्य र समृद्ध जीवन): सबै उमेरका मानिसको स्वस्थ जीवन र कल्याण सुनिश्चित गर्ने।
४. Quality Education (गुणस्तरीय शिक्षा): समावेशी र समतामूलक गुणस्तरीय शिक्षा र सबैका लागि आजीवन सिकाइका अवसरहरू।

५. Gender Equality (लैंगिक समानता): लैंगिक समानता हासिल गर्ने र सबै महिला तथा बालिकाहरूलाई सशक्त बनाउने (यसलाई पूर्वीय दर्शनमा 'पूरक शक्ति' को रूपमा बुझ्न सकिन्छ)।
६. Clean Water and Sanitation (स्वच्छ खानेपानी र सरसफाइ): सबैका लागि पानी र सरसफाइको उपलब्धता र दिगो व्यवस्थापन सुनिश्चित गर्ने।
७. Affordable and Clean Energy (किफायती र स्वच्छ ऊर्जा): आधुनिक र दिगो ऊर्जामा सबैको पहुँच पुर्याउने।
८. Decent Work and Economic Growth (मर्यादित काम र आर्थिक वृद्धि): समावेशी र दिगो आर्थिक वृद्धि र सबैका लागि मर्यादित कामको प्रवर्द्धन।
९. Industry, Innovation and Infrastructure (उद्योग, नवीनता र पूर्वाधार): मजबुत पूर्वाधार निर्माण, समावेशी औद्योगिकीकरण र नवीनतालाई बढावा दिने।
१०. Reduced Inequalities (असमानताको न्यूनीकरण): देशहरू भित्र र देशहरू बीचको असमानता घटाउने।
११. Sustainable Cities and Communities (दिगो शहर र समुदाय): शहर र मानव बस्तीहरूलाई समावेशी, सुरक्षित र दिगो बनाउने।
१२. Responsible Consumption and Production (जिम्मेवार उपभोग र उत्पादन): दिगो उपभोग र उत्पादन ढाँचाहरू सुनिश्चित गर्ने।
१३. Climate Action (जलवायु कार्य): जलवायु परिवर्तन र यसका प्रभावहरूसँग लड्न तत्काल कदम चाल्ने।
१४. Life Below Water (जलमुनिको जीव): दिगो विकासका लागि महासागर र समुद्री स्रोतहरूको संरक्षण र दिगो उपयोग गर्ने।
१५. Life on Land (जमिनमाथिको जीव): स्थलिय पारिस्थितिक प्रणालीको संरक्षण, वन व्यवस्थापन र जैविक विविधताको रक्षा गर्ने।
१६. Peace, Justice and Strong Institutions (शान्ति, न्याय र बलियो संस्था): शान्तिपूर्ण र समावेशी समाजको प्रवर्द्धन र सबैका लागि न्यायमा पहुँच।
१७. Partnerships for the Goals (लक्ष्य प्राप्तिका लागि साझेदारी): कार्यान्वयनका माध्यमहरूलाई बलियो बनाउने र दिगो विकासका लागि विश्वव्यापी साझेदारीलाई पुनर्जीवित गर्ने।

Comments
Post a Comment